लेखसार
 प्रकृतिसम्मत वासस्थानले हरेकलाई सानन्दसन्तुष्टि प्रदान गर्दछ । प्रकृतिप्रतिकूल 
व्यवस्थिति विधिविपरीत हुने भएकाले बस्ने बसाउँने  जोकोही  अभीष्टविमुख हुन पुग्छ । 
पृथ्वी, जल, तेज, वायु, आकाशको सन्तुलित मिलान नै वास्तुविज्ञान हो, जसमा चराचर जगत् 
आनन्दपूर्वक अवस्थित छ । त्यही अवस्थानुसारको अनुकूल बसाइव्यवस्थाले नै हरेक मानव 
चतुर्विध पुरुषार्थसिद्धिमा सफल हुन्छ । जीवनको बाटो कस्तो हुन्छ भन्ने संकेत बस्ने जमिनको 
माटोले गर्छ । विभिन्न आकारमा जग्गा हुन्छन् । दिशानुसार त्यस आकृतिमा विभिन्न देवताको 
निवास हुन्छ । वास्Œवमा वास्तुमिलान भनेको तदधिष्ठात्री देवीदेवताको आशीर्वाद ग्रहण गर्नु  हो । 
मानव जीवनको पहिलो पाइला विद्याध्ययनका लागि लम्कन्छ । साहित्य, संगीत, कला तथा 
दर्शनले पल्लवित भएको विद्या नै जैवनिक यात्राको चाँदनी हुन्छ । त्यत्तिकै कहाँ विद्ययामृतमश्नुते 
अर्थात्् विद्याबाट नै अमरŒव प्राप्ति हुन्छ भनिएको हो र ? त्यस्तो अमरŒवसाधनाको श्रीगणेश हुने 
शैक्षिक संस्था यदि वास्तुसम्मत छ भने अवश्य पनि मानव जीवनको लक्ष्य पूरा हुन्छ भन्नु यस 
अनुसन्धानको अभीष्ट हो ।