वैदिक काललाई सबभन्दा प्राचीन र सुसम्बद्ध संगीतको काल भनिएको छ । यो युग संगीतको दृष्टिकोणले धेरै पवित्र युग मानिएको हो, वैदिक संगीतको कालको निर्माण वेदकै कालबाट प्राप्त हुन्छ संगीतको सम्बन्ध सामवेदसँग छ, तर संगीत विषयक सामग्री ऋग्वेदमा पनि प्राप्त हुन्छ । ऋग्वेदको संगीत सामग्रीबाट यो ज्ञात हुन्छ कि संगीतको विकास पुरातन कालमा नै संगीत सम्बन्धि धेरै विकास भैसकेको थियो, बैदिक कालमा तन्त्रवाद्यको धेरै निर्माण भई सकेको थियो । गायन विधाको साथ–साथ वादन संगीतको पनि महŒवपूर्ण स्थान प्राप्त थियो संगीत विधाको कुने पनि पक्षको अध्ययन वैदिक संगीतको विना पूर्ण हुनै सक्दैन । “वैदिक युग भारतीय सांस्कृतिक इतिहासको प्राचीनतम् युग भएको कुरा विद्वान्हरूले बताएका अनुसार यो युगको प्रारम्भ ई.पू. ६००० देखि ई.पू. ८०० सम्ममा मानिएको हो ।” वैदिक युगमा नै चारवेदको निर्माण भएको थियो । संसारको समस्त ज्ञान–विज्ञान, हर समस्याको समाधान वेदमा छ, चाहे त्यो चिकित्सा हो, कलाको क्षेत्र अथवा टेक्नोलोजी, भूमण्डलीकरण हो या राजनीति, सबैकुराको विस्तार वेदमा प्राप्त हुन्छ । नाद उपासनाको लागि शास्त्रीय संगीत परम्परा वैदिककालीन सामगानबाट प्रारम्भ भएर आजको परिवेशसम्म आइपुगेको छ ।
सामवेदमा शास्त्रीय संगीतको स्वरूप